Logo

आइतवार, आश्विन २५ गते २०८३

images

शेयर बजार ९.०४ अंकले गिरावट, यी हुन सर्वाधिक कमाउने र गुमाउने कम्पनीहरु

शेयर बजार ९.०४ अंकले गिरावट, यी हुन सर्वाधिक कमाउने र गुमाउने कम्पनीहरु

दैनिकी न्यूज

२३, मंसिर २०७७
शेयर बजार ९.०४ अंकले गिरावट, यी हुन सर्वाधिक कमाउने र गुमाउने कम्पनीहरु
images

काठमाण्डौ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ९.०४ अंकले घटेर १९सय ९५.३५ को विन्दुमा आएर आजको कारोबार बन्द भएको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.५९ अंकले ओरालो लागेर ३८०.१८ को विन्दुमा सीमित बनेको छ । आज नेप्सेमा सूचीकृतमध्ये २०२ कम्पनीका १ करोड २४ लाख ९० हजार ५६५ कित्ता सेयर ५ अर्ब ६७ करोड ७ लाख ३९ हजार ९५८ रुपैयाँमा कारोबार भएको छ।

आज नेप्से उपसमूहमा रहेका १२ समूहमध्ये २ वटामा मात्रै हरियाली छाएको छ भने बाँकी १० वटामा गिरावट आएको छ । आज जलविद्युत् समूह सर्वाधिक ८३.८९ अंकले बढेको छ भने म्युचुअल फन्ड समूह ०.०९ अंकले बढ्यो । यो दिन निर्जीवन बीमा समूह सबैभन्दा धेरै १३१.७५ अंकले गिरावट आयो । त्यस्तै जीवन बीमा समूह १२०.६६ अंक, बैंकिङ समूहमा ७.६९ अंक, व्यापार समूहमा ८६.४ अंक, होटेल्स् समूहमा ८.१२ अंक, विकास बैंक समूहमा ३१.८७ अंक, वित्त समूहमा १५.१२ अंक, उत्पादन तथा प्रशोधन समूहमा १०४.७६ अंक, अन्य समूहमा १८.५२ अंक र लघुवित्त समूहमा ३.७१ अंकको गिरावट आएको छ ।

यो दिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ४५ करोड ८१ लाख रुपैयाँ बढीको कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्सको ३० करोड ७८ लाख, नेपाल टेलिकमको २५ करोड ८५ लाख, शिवम् सिमेन्ट्सको १६ करोड ५ लाख, माथिल्लो तामाकोशीको १५ करोड ९१ लाख, चिलिमे हाइड्रोपावरको १४ करोड ८७ लाख रुपैयाँ, ग्लोबल आईएमई बैंकको संस्थापक सेयरको १२ करोड ९० लाख रुपैयाँ, नबिल बैंकको १२ करोड ८३ लाख रुपैयाँ, नेपाल बैंकको १२ करोड ५९ लाख रुपैयाँ र छिमेक लघुवित्तको १२ करोड ३८ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।

आज चार कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ । यो दिन नाराणयी डेभलपमेन्ट बैंकको सेयरमूल्य १० प्रतिशतले र माथिल्लो तामाकोशी, रसुवागढी हाइड्रोपावर तथा सान्जेन जलविद्युत् कम्पनीको सेयरमूल्य १० प्रतिशतको हाराहारीमा बढ्यो ।

यो दिन एमरेष्ट इन्स्योरेन्स् कम्पनीको संस्थापक शेयरधनीहरुले धेरै गुमाए, जसको शेयर मूल्य १० प्रतिशतले गिरावट आयो । युनिलिभर नेपलको ६.०२ प्रतिशत, विशाल बजार कम्पनी ५.७५ प्रतिशतले गिरावट आयो । 

images
प्रकाशित मिति :मंसिर २३, २०७७ मंगलवार - १६:१८:२० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology