Logo

आइतवार, आश्विन २५ गते २०८३

images

लुम्बिनी विकास बैक र साना किसान विकास लघुवित्तले प्रस्ताव गर्यो लाभांश, बोनस र नगद कति ?

लुम्बिनी विकास बैक र साना किसान विकास लघुवित्तले प्रस्ताव गर्यो लाभांश, बोनस र नगद कति ?

दैनिकी न्यूज

२३, मंसिर २०७७
लुम्बिनी विकास बैक र साना किसान विकास लघुवित्तले प्रस्ताव गर्यो लाभांश, बोनस र नगद कति ?
images

काठमाडौं । आज दुई कम्पनीले लाभांश प्रस्ताव गरेको छ । प्रस्ताव गर्ने कम्पनीहरुमा साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र लुम्बिनी विकास बैंक रहेका छन् ।

साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षसम्मको मुनाफाबाट शेयरधनीहरुलाई २६।३१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। लघुवित्तले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.३१ प्रतिशत नगद लाभांश गरी कुल २६।३१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। मंसिर २३ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

त्यस्तै लुम्बिनी विकास बैंकले गत आर्थिक वर्षको मुनाफा तथा सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश (बोनस तथा नगद लाभांशमा लाग्ने कर सहित) गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। मंसिर २३ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ। 

images
प्रकाशित मिति :मंसिर २३, २०७७ मंगलवार - १०:४६:१३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology