काठमाडौं । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक दोहोरो अंकले बढेको छ ।
परिसूचक आज ७२ दशमलव २८ अंकको बढेर नेप्से २ हजार ४.३९ को विन्दुमा आएर कारोबार बन्द भएको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १२.१० अंकले बढ्दै ३८२.७७ को विन्दुमा आएको छ । आज २०६ कम्पनीका १ करोड १९ लाख २० हजार ८१९ कित्ता सेयर ६ अर्ब ६६ करोड ७९ लाख ५६ हजार ८३१ रुपैयाँमा कारोबार भएको छ ।
आज नेप्से उपसमूहमा रहेका १२ वटै समूहको शेयर मूल्य बढेको छ ।
आधा दर्जन कम्पनीको भाउ सर्किट लाग्ने गरी बढेको छ । खरिदबिक्री रकममा नेपाल पुनर्बिमा कम्पनी अग्रस्थानमा रहेको छ । यसको १ अर्ब भन्दा बढीको कारोबार भएको छ । यसैगरी, दोस्रो र तेस्रोमा क्रमशः नेपाल लाइफ इन्सुरेन्स तथा नेपाल टेलिकम परेका छन् ।