Logo

आइतवार, आश्विन २५ गते २०८३

images

आइसिएफसि फाइनान्सले १५ प्रतिशत लाभांश प्रस्ताव गर्यो

आइसिएफसि फाइनान्सले १५ प्रतिशत लाभांश प्रस्ताव गर्यो

दैनिकी न्यूज

२२, मंसिर २०७७
आइसिएफसि फाइनान्सले १५ प्रतिशत लाभांश प्रस्ताव गर्यो
images

काठमाडौं । आइसिएफसि फाइनान्सले गत वर्षको मुनाफाबाट शेयरधनीहरुलाई कुल १५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको मंसिर २१ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा १० दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत गरी ४ दशमलव ५० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

हाल कम्पनीको चुक्तापूँजी ९२ करोड ६५ लाख २ हजार रुपैयाँ रहेको छ । कम्पनीले गत आर्थिक वर्ष ०७६र७७ को सञ्चित मुनाफाबाट रू। १३ करोड ८९ लाख ७५ हजार रुपैयाँ बराबरको लाभांश वितरण गर्न लागेको हो । 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

images
प्रकाशित मिति :मंसिर २२, २०७७ सोमवार - ११:१८:०८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology