Logo

आइतवार, आश्विन २५ गते २०८३

images

प्रभु बैंकले घोषणा गर्‍यो लाभांश

प्रभु बैंकले घोषणा गर्‍यो लाभांश

दैनिकी न्यूज

२१, मंसिर २०७७
प्रभु बैंकले घोषणा गर्‍यो लाभांश
images

काठमाडौं । प्रभु बैंक लिमिटेडले गतआर्थिक वर्ष २०७६/०७७ को मूनाफाबाट शेयरधनीलाई लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले शेयरधनीलाई १० प्रतिशत लाभांश बितरण गर्ने निर्णय गरेको हो ।

बैंक सञ्चालक समितिले शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत अर्थात १ अर्ब ३ करोड १५ लाख ५० हजार ६६३ रुपैंया बराबरको बोनस शेयर र कर प्रयोजनका लागि मात्र चुक्ता पूँजीको ०।५२६३ प्रतिशतले हुने ५ करोड ४२ लाख ९२ हजार १४१ रुपैंया बराबर नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंक सञ्चालक समितिले गरेको प्रस्तावलाई राष्ट्र बैंकले स्वीकृत र बैंकको आगामी साधारण सभाले अनुमोदन गरे पछि लगानीकर्ताले पाउने छन् । 

हाल बैंकको चुक्ता पुँजी १० अर्ब ३१ करोड रुपैयाँ रहेको छ । १० प्रतिशत बोनस पछि बैंकको चुक्ता पुँजी ११ अर्ब ३४ करोड रुपैयाँ पुग्ने छ ।

बैंकले आर्थिक वर्षको नाफाबाट १६.८४ प्रतिशत लाभांश (१६ प्रतिशत बाेनस र ०.८४ प्रतिशत नगद) वितरण गरेकाे थियाे ।

images
प्रकाशित मिति :मंसिर २१, २०७७ आइतवार - २०:०७:२१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology