Logo

आइतवार, आश्विन २५ गते २०८३

images

मञ्जुश्री फाइनान्सले कति प्रस्ताव गर्यो लाभांश ?

मञ्जुश्री फाइनान्सले कति प्रस्ताव गर्यो लाभांश ?

दैनिकी न्यूज

२१, मंसिर २०७७
मञ्जुश्री फाइनान्सले कति प्रस्ताव गर्यो लाभांश ?
images

काठमाडौं । मञ्जुश्री फाइनान्सले २३ दशमलव ५० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको आइतवार बसेको सञ्चालक समिति बैठकले गत आवको मुनाफाबाट १८ प्रतिशत बोनस र कर प्रयोजनका लागि ५ दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्ताले पाउने छन् । गत वर्ष कम्पनीले ९ दशमलव ८ प्रतिशत नगद लाभांश र १ दशमलव ७५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।

हाल कम्पनीको चुक्तापूँजी रू। ८१ करोड ८१ लाख ३१ हजार रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो ।

images
प्रकाशित मिति :मंसिर २१, २०७७ आइतवार - २०:०३:१० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology