Logo

आइतवार, आश्विन २५ गते २०८३

images

इन्फिनिटी लघुवित्तले घोषणा गर्‍यो लाभांश

इन्फिनिटी लघुवित्तले घोषणा गर्‍यो लाभांश

दैनिकी न्यूज

२१, मंसिर २०७७
इन्फिनिटी लघुवित्तले घोषणा गर्‍यो लाभांश
images

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७६–०७७ को मुनाफाबाट १४ दशमलव २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले गरेको यो लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

हाल कम्पनीको चुक्तापूँजी रू. २२ करोड ८१ लाख ४० हजार रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश दिने प्रस्ताव गरेको हो । 

images
प्रकाशित मिति :मंसिर २१, २०७७ आइतवार - १०:५०:५९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology