Logo

आइतवार, आश्विन २५ गते २०८३

images

कति प्रस्ताव गर्यो सिद्धार्थ बैंकले लाभांश ?

कति प्रस्ताव गर्यो सिद्धार्थ बैंकले लाभांश ?

दैनिकी न्यूज

२०, मंसिर २०७७
कति प्रस्ताव गर्यो सिद्धार्थ बैंकले लाभांश ?
images

काठमाडौं । सिद्धार्थ बैंकले गत आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।

बैंकको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले १२ प्रतिशत बोनस शेयर र कर सहित ३ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशतको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

हाल बैँकको चुक्ता पूँजी ९ अर्ब ७८ करोड ७७ लाख ६७ हजार १३८ रुपैयाँ छ । सिद्धार्थको प्रतिसेयर आम्दानी २० रुपैयाँ ७ पैसा छ भने प्रतिसेयर नेटवर्थ १७५ रुपैयाँ ६३ पैसा रहेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र साधारण सभाबाट पारित भए पछि शेयरधनीले पाउनेछन्। 

images
प्रकाशित मिति :मंसिर २०, २०७७ शनिवार - ०५:५०:४४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology