Logo

आइतवार, आश्विन २५ गते २०८३

images

श्री इन्भेष्टमेन्टले लाभांश घोषणा गर्यो

श्री इन्भेष्टमेन्टले लाभांश घोषणा गर्यो

दैनिकी न्यूज

१९, मंसिर २०७७
श्री इन्भेष्टमेन्टले लाभांश घोषणा गर्यो
images

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०७६–०७७ मा मुनाफाबाट हाल कायम रहेको चुक्ता पूँजीको १०.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।

फाइनान्सले चुक्ता पूँजी ८२ करोड ९० लाख ३५ हजार रुपैयाँको १०.५३ प्रतिशतले हुने आउने ८ करोड ७२ लाख ९७ हजार ३८५ रुपैयाँ ५० पैसा बराबरको लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये ७.३७ प्रतिशत बोनस शेयर रहेको छ भने बाँकी ३.१६ प्रतिशत नगद लाभांश रहेको छ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

मंसिर १८ गते बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। 

images
प्रकाशित मिति :मंसिर १९, २०७७ शुक्रवार - १५:०६:४९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology