काठमाडौं । साताको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंकले घटेको छ । आज नेप्सेमा १५.५७ अंकले घटेर २ हजार ५५ दशमलब ४५ विन्दुमा आएर कारोबार बन्द घएको छ । दुई सय कम्पनीका एक करोड ५८ लाख ८९ हजार कित्ता शेयर ८ अर्ब दुई करोड ६० लाख रुपैयाँमा कारोबार भएका छन् ।
नेप्सेका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये आज दुई समूहबाहेक अन्य सबै समूह राताम्मे भएका छन् । जीवन बीमा समूहको शेयर २ सय ५८ अङ्कले, निर्जीवन बीमा समूहको शेयर १ सय ६६ अङ्कले, व्यापार समूहको १ सय ६० अङ्कले, उत्पादन समूहको ७२ र बैंक समूहको शेयर ८ अङ्कभन्दा धेरैले घटेको छ ।
नेपाल पुनर्बीमा कम्पनीको मात्रै एक अर्ब ११ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।
बिहीबार साल्ट ट्रेडिङ र विशाल बजार कम्पनीका लगानीकर्ताले ६ प्रतिशतभन्दा धेरैका दरले गुमाएका छन् । समग्र बजार घटे पनि माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी र नेपाल सेवा लघुवित्त कम्पनीका लगानीकर्ताले ९ प्रतिशतभन्दा धेरैका दरले कमाएका छन् ।