Logo

आइतवार, आश्विन २५ गते २०८३

images

नेप्से दोहोरो अंकले बढदै २१०० विन्दुको नजिक

नेप्से दोहोरो अंकले बढदै २१०० विन्दुको नजिक

दैनिकी न्यूज

१७, मंसिर २०७७
नेप्से दोहोरो अंकले बढदै २१०० विन्दुको नजिक
images

काठमाडौं । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक ७०.६२ अंकले बढेर २०७१.०३ विन्दू कायम भएको हो । आज २०१ कम्पनीका १ करोड ५४ लाख १६ हजार ३८३ कित्ता सेयर ७ अर्ब ३७ करोड ४० लाख १७ हजार ९२९ रुपैयाँमा किनबेच भएको छ। त्यस्तै, क वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १२ दशमलव २५ अंकले बढेर ३९६.०४ अंकमा पुगेको छ ।

यो दिन नेपाल टेलिकमको सर्वाधिक ४० करोड ७ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल लाइफ इन्स्योरेन्सको ३० करोड ६२ लाख, नबिल बैंकको २२ करोड ८० लाख, हिमालयन डिस्टिलरीको २२ करोड १५ लाख, नेसनल लाइफ इन्स्योरेन्सको १९ करोड ९८ लाख, नेको इन्सुरेन्सको १८ करोड ६७ लाख, नागरिक लगानी कोषको १६ करोड ३६ लाख, चिलिमे हाइड्रोपावरको १६ करोड २९ लाख, नेपाल बैंकको १६ करोड २६ लाख र नेपाल पुनर्बीमा कम्पनीको १४ करोड ३९ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

आज नेप्से उपसमूहमा रहेका १२ समूहमध्ये ११ वटा समूहको शेयर मूल्य बढेको छ भने बाँकी एउटा समूहको शेयर मूल्यमा गिरावट आएको छ । यो दिन जीवन बीमा समूह सर्वाधिक ६०८.७३ अंक बढेको छ । उत्पादन तथा प्रशोधन समूहमा ३०३.१२ अंक, बैंकिङ समूह ६.३८ अंक, होटेल्स् समूह ५१.१६ अंक, विकास बैंक समूह २२.५९ अंक, जलविद्युत् समूह ८८.९९ अंक, वित्त समूह ३.७६ अंक, निर्जीवन बीमा समूह २४४.८२ अंक, अन्य समूह १४०.८९ अंक, लघुवित्त समूह २३२.५६ अंक र म्युचुअल फन्ड समूह ०.०४ अंकले बढेका छन्। व्यापार समूह १६.६३ अंकले घटेको छ ।


आज १६ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। यो दिन छिमेक लघुवित्त, लक्ष्मी लघुवित्त, हिमालयन डिस्टिलरी, विजय लघुवित्त, सान्जेन जलविद्यूत्, जनउत्थान सामुदायिक लघुवित्त, एनएमबी लघुवित्त, मिथिला लघुवित्त र नेरुडे लघुवित्तको सेयरमूल्य १० प्रतिशतले बढेका छन्।

यसैगरी साना किसान लघुवित्त, विशाल बजार कम्पनी, एनआरएन लघुवित्त, उन्नति सहकार्य लघुवित्त, नेपाल टेलिकम, साधना लघुवित्त र नेको इन्सुरेन्सको सेयरमूल्य पनि १० प्रतिशतका हाराहारीमा वृद्धि भएको छ।

यो दिन युनिलिभर नेपालको सेयरधनीहरुले सर्वाधिक धेरै गुमाएका छन्। यो कम्पनीको सेयरमूल्य ५ प्रतिशत बढीले घटेको छ। 

images
प्रकाशित मिति :मंसिर १७, २०७७ बुधवार - १६:४२:२१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology