Logo

आइतवार, आश्विन २५ गते २०८३

images

यसरी बाँडफाँड भयो माउन्टेन इनर्जी नेपालको आईपीओ

यसरी बाँडफाँड भयो माउन्टेन इनर्जी नेपालको आईपीओ

दैनिकी न्यूज

१७, मंसिर २०७७
यसरी बाँडफाँड भयो माउन्टेन इनर्जी नेपालको आईपीओ
images

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले निष्काशन गरेको आईपीओ आज बाँडफाँड भएको छ ।
नबिल इन्भेष्टमेन्टका अनुसार धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ अनुसार यस आईपीओमा १ लाख ८३ हजार २६ जनाले शेयर पाएका छन् ।

आईपीओ आवेदन दिएका कुल ६ लाख ५१ हजार ५७५ जनामध्ये १ लाख ८३ हजार २६ जना आवेदकले गोलाप्रथाबाट १० कित्ताका दरले बाँडफाँड गरिएको हो । बाँकी ५ कित्ता शेयर आईपीओ पाएका १ लाख ८३ हजार २६ जनामध्ये ५ जनालाई थप १।१ कित्ता गरी कुल ११ कित्ताका दरले बाँडफाँड गरिएको छ ।

यसअनुसार १ लाख ८३ हजार २१ जना आवेदकले गोलाप्रथाबाट १० कित्ता र ५ जनाले ११ कित्ता शेयर पाएका हुन् । बाँकी ४ लाख ६८ हजार ५४९ जनाको हात खाली भएको छ । आईपीओामा कुल ६ लाख ५३ हजार २९१ जना आवेदकले आवेदन दिएकामध्ये १ हजार ७१६ वटा आवेदन रद्ध भएका थिए ।

माउन्टेनले म्याग्दीको नीलगिरी खोलामा ३८ मेगावाटको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

images
प्रकाशित मिति :मंसिर १७, २०७७ बुधवार - ११:३५:५९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology