Logo

आइतवार, आश्विन २५ गते २०८३

images

चिलिमे जलविद्युत् कम्पनीले गर्‍यो २० प्रतिशत लाभांश प्रस्ताव

चिलिमे जलविद्युत् कम्पनीले गर्‍यो २० प्रतिशत लाभांश प्रस्ताव

दैनिकी न्यूज

१६, मंसिर २०७७
चिलिमे जलविद्युत् कम्पनीले गर्‍यो २० प्रतिशत लाभांश प्रस्ताव
images

काठमाडौं । चिलिमे जलविद्युत् कम्पनीले गतआव २०७६–०७७ को मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीको मंगलबार बिहान बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । यो प्रस्ताव पारित गर्नको लागि कम्पनीले आगामी पुस १२ गते साधारण सभा आयोजना गरेको बताएको छ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले मंसिर २९ गतेदेखि पुस १२ गतेसम्म बुक क्लोज गर्ने भएको छ । मंसिर २८ गतेसम्म कायम शेयरधनीले प्रस्तावित लाभांश पाउनेछन् ।

हाल कम्पनीको चुक्तापूँजी ५ अर्ब ७० करोड ९७ लाख रुपैयाँ रहेको छ । १० प्रतिशत बोनस शेयर वितरण पछिपूँजी ६ अर्ब २८ करोड रुपैयाँ पुग्नेछ ।

कम्पनीको आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिनेछ । गत वर्ष पनि चिलिमेले २० प्रतिशत बोनस सेयर र ५ पतिशत नगद लाभांश गरी कुल २५ प्रतिशत वितरण गरेको थियो ।

images
प्रकाशित मिति :मंसिर १६, २०७७ मंगलवार - १२:४०:४० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology