काठमाडौं । नेपाल बङ्गलादेश बैंकले गत आव २०७६–०७७ को मुनाफबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । ६ प्रतिशत बोनस शेयर र २ दशमलव ४२ प्रतिशत नगद लाभाश वितरण गर्ने प्रस्ताव गरेको हो ।
यो लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र वितरण हुनेछ । कम्पनीको मंसिर १५ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
गत वर्ष बैंकले ५% बोनस र ७% नगद लाभांश वितरण गरेको थियो ।