Logo

आइतवार, आश्विन २५ गते २०८३

images

सानिमा माई हाइड्रोपावरले प्रस्ताव गर्यो लाभांश

सानिमा माई हाइड्रोपावरले प्रस्ताव गर्यो लाभांश

दैनिकी न्यूज

१६, मंसिर २०७७
सानिमा माई हाइड्रोपावरले प्रस्ताव गर्यो लाभांश
images

काठमाडौं ।सानिमा माई हाइड्रोपावरले गत आर्थिक वर्षको कमाइबाट १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

कम्पनीको मंसिर १५ गते बसेको सञ्चालक समितिको बैठकले ५ प्रतिशत नगद र १० प्रतिशत बोनस शेयर गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

लाभांश वितरणको लागि कम्पनीले पुस २३ गते साधारणसभा आह्वान गरेको छ।साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले पुस १३ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेकोले पुस १२ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीले वितरण गर्ने लाभांश पाउनेछन्।

images
प्रकाशित मिति :मंसिर १६, २०७७ मंगलवार - १२:१५:२३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology