Logo

आइतवार, आश्विन २५ गते २०८३

images

हल्ला र अनुमानका पछि लागेर शेयरमा लगानी नगर्न बोर्डको अनुरोध

हल्ला र अनुमानका पछि लागेर शेयरमा लगानी नगर्न बोर्डको अनुरोध

दैनिकी न्यूज

१५, मंसिर २०७७
हल्ला र अनुमानका पछि लागेर शेयरमा लगानी नगर्न बोर्डको अनुरोध
images

काठमाडौं । शेयर बजारमा पछिल्लो समय तीव्र वृद्धि भइरहँदा नियामक निकाय नेपाल धितोपत्र बोर्डले भने सजग र सुसूचित भएर मात्रै लगानी गर्न आग्रह गरेको छ ।

बोर्डले विज्ञप्तिमार्फत सूचीकृत सङ्गठित संस्थाको वित्तीय अवस्था, ती संस्थाहरुको आधारभूत तथा प्राविधिक पक्ष, ऐन नियमको पालनाको अवस्थाका साथै समग्र वित्तीय तथा आर्थिक परिसूचक लगायतका विवरणहरूको विश्लेषण गरी लगानीसम्बन्धी निर्णय लिनु लगानीकर्ताको हितमा हुने भन्दै सजग रहन आग्रह गरेको हो ।

विश्व अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्र र सूचीकृत संगठित संस्थाको वित्तीय स्थितिको विश्लेषण, संस्थागत सुशासनको अवस्था एवम् लगानीकर्ताको जोखिम अवस्था एवं लगानीकर्ताको जोखिम बहन गर्नसक्ने क्षमता तथा आफनो लगानीको सुरक्षा आदि समेतलाई दृष्टिगत गरी सजग भई सुझबुझपूर्ण रूपमा लगानी गर्न विज्ञप्तिमा आग्रह गरिएको छ ।

images
प्रकाशित मिति :मंसिर १५, २०७७ सोमवार - १६:५९:२९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology