काठमाडौं । नेपाल स्टक एक्चेञ्ज (नेप्से) मा साताको दोस्रो दिन सोमबार दोहोरो अंकले बढेको छ । आज नेप्सेमा २८ दशममलव ७९ अंकले बढेर १ हजार ९ सय ९७ दशमलब ५ विन्दुमा पुगेको छ । आज नेप्सेमा सूचीकृतमध्ये १९८ कम्पनीका २ करोड ५१ लाख ९१ हजार ३१९ कित्ता सेयर ८ अर्ब ८६ करोड ७७ लाख १४ हजार ६८२ रुपैयाँमा कारोबार भएको छ। त्यस्तै, क वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.६३ अंकले बढेर ३८५.५६ अंकमा पुगेको छ ।
सोमबार १९८ कम्पनीको २ करोड ५१ लाख ९१ हजार ३१९ कित्ता सेयर किनबेच भएको छ ।
नेप्सेका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ८ वटा उपसमूहको शेयर बढेको छ भने बाँकी ४ वटा उपसमूहको शेयर घटेको छ । यो दिन जीवन बीमा समूह सर्वाधिक ८२३.३५ अंकले उकालो लागेको छ। निर्जीवन बीमा समूह १९३.०४ अंकले बढेको यो दिन व्यापार समूहमा १५१.०७ अंक, होटेल्स् समूहमा ४.९६ अंक, जलविद्युत् समूहमा ८९.२३ अंक, उत्पादन तथा प्रशोधन समूहमा ७३.६३ अंक, अन्य समूहमा ४०.२८ अंक र घलुवित्त समूहमा ३७.६ अंकको बढोत्तरी भएको छ। यो दिन विकास बैंक समूह सबैभन्दा धेरै ४८.१४ अंकले ओरालो लागेको छ। बैंकिङ समूह ७.३८ अंकले घटेको आज वित्त समूहमा ५.४१ अंक र म्युचुअल फन्ड समूहमा ०.१३ अंकको गिरावट आएको छ।
यो दिन नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक ३८ करोड ४८ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल पुनर्बीमा कम्पनीको ३७ करोड ३४ लाख, प्रभु बैंकको ३६ करोड ७१ लाख रुपैयाँ, नेपाल बंगलादेश बैंकको ३३ करोड ३३ लाख रुपैयाँ, ग्लोबल आईएमई बैंकको २७ करोड २ लाख रुपैयाँ, नेपाल इन्भेस्टमेन्ट बैंकको २४ करोड ८६ लाख रुपैयाँ, नेपाल बैंकको २४ करोड ६० लाख रुपैयाँ, नबिल बैंकको २२ करोड ९७ लाख रुपैयाँ, एनएमबी बैंकको २२ करोड ५४ लाख रुपैयाँ र कुमारी बैंकको २२ करोड २७ लाख रुपैयाँबराबरको कारोबार भएको छ।
विशाल बजारको भाउ सबैभन्दा धेरै १० सर्किट लाग्ने गरी घटेको छ । खरिदबिक्री रकममा नेपाल लाइफ इन्सुरेन्सले अग्रता लिएको छ । यसको ३८ करोड ४८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । दोस्रोमा नेपाल पुनर्बिमा कम्पनी र तेस्रोमा प्रभु बैंक परेका छन् ।