काठमाडौं । हिमालयन बैंक लिमिटेडको लाभांश घोषणा गरेको छ ।
बैंक सञ्चालक समितिको मंसिर १४ गते, आइतबार सम्पन्न सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६–०७७ को नाफाबाट बैंकका शेयरधनीहरूलाई १४ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।