काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७५–०७६ को नाफाबाट वितरण गरिने लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले ७ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांश गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीको उक्त प्रस्ताव बीमा समितिले स्वीकृति दिएपछि र कम्पनीको साधारणसभाले पारित गरेपछि लगानीकर्ताहरु हकदार हुनेछ ।