काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक दोहोरो अंकले बढ्यो । नेप्से आज २९.६८ बिन्दुले बढेर एक हजार ८१०.४३ ११ विन्दुमा पुगेको छ । कारोवार रकम भने झण्डै साँढे पाँच अर्ब जति भएको छ । आज ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक भने ४.४२ अङ्कले बढेर ३४९.३७ विन्दुमा पुगेको छ ।
नेप्सेका अनुसार मंगलबार कूल १९६ कम्पनीको एक करोड १७ लाख ४८ हजार ५२० कित्ता शेयर रु ५ अर्ब ४४ करोड २९ लाख ५० हजार १८९ रुपैयाँ बराबरको कारोबार भएको छ । आज जम्मा ४९ हजार ७८३ वटा कारोबार भएका छन् ।
कारोवार भएका कूल १२ उपसमूहमध्ये आज होटल्स बाहेक सबै समूहको शेयर मूल्य बढेका छन् । बैंकिङ १.४४, व्यापार १७२.६३, विकास बैंक समूह १२.८६, जलविद्युत २१.३२, वित्त ६.२३, निर्जिवन विमा ३२७.५१, उत्पादन २२७.१२, अन्य ६१.५१, लघुवित्त २५.५९, जीवन विमा २४८.५२ र म्युचल फण्ड ०.१ अंकले बढेका छन् भने होटल्स समूह ३४.९२ अंकले गिरावट आएको छ ।
यस दिन एनआइसी एसिया बैंकको सर्वाधिक ३७ करोड ३३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । दोस्रोमा नेपाल टेलिकम र तेस्रोमा पुनर्बिमा कम्पनीको धेरै कारोबार भएको छ ।
यस दिन ७ कम्पनीको भाउ सर्किट लाग्ने गरी बढेको छ । बोटर्लस नेपाल, हिमालयन डिष्टिलरी, विशाल बजार लगायतका कम्पनीको भाउ बढेको छ ।
सबैभन्दा बढी गुमाउनेमा सोल्टी होटेलका लगानीकर्ता छन् । यसको भाउ ३.२० प्रतिशतले घटेको हो ।