काठमाडौं । सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७६÷७७ को मुनाफाबाट शेयरधनीहरुलाई ८ दशमलव २८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ।
कम्पनीको मंसिर ७ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई ५.८० प्रतिशत बोनस र नगद लाभांश (कर प्रयोजननका लागि समेत) २ दशमलव ४८ प्रतिशत नगद गरी कुल ८ दशमलव २८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
कम्पनीले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन् ।
