Logo

आइतवार, आश्विन २५ गते २०८३

images

कतिमा समायोजन भयो आरएमडीसी लघुवित्तको शेयर मूल्य

कतिमा समायोजन भयो आरएमडीसी लघुवित्तको शेयर मूल्य

दैनिकी न्यूज

८, मंसिर २०७७
कतिमा समायोजन भयो आरएमडीसी लघुवित्तको शेयर मूल्य
images

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आज आरएमडीसी लघुवित्त वित्तीय संस्थाको मूल्य समायोजन गरेको छ ।

कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ सोमवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।

नेप्सेले १५ प्रतिशत बोनस शेयरको समायोजनपछि कम्पनीको शेयरमूल्य प्रतिकित्ता ८६१ रुपैयाँ तोकेको छ ।

कम्पनीले १५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश पारित गर्न मंसिर २२ गते २२औं वार्षिक साधारण सभाको आयोजना गरेको छ ।

हाल कम्पनीको चुक्तापूँजी ८९ करोड ९३ लाख २३ हजार रुपैयाँ रहेको छ । सोहि पूँजीको आधारमा कम्पनीले लाभांश दिने निर्णय गरेको हो ।

images
प्रकाशित मिति :मंसिर ८, २०७७ सोमवार - १०:१६:४३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology