काठमाडौं । रिडी हाइड्रोपावर कम्पनीले गत आव २०७६÷७७ को मुनाफाबाट शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव २६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीको मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई मंसिर २६ गते हुने १९ औं वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।