काठमाडौँ। शुक्रबार सुनको मूल्य घटेको छ। अघिल्लो दिन बिहिबार प्रतितोला ९४ हजार ४ सय रुपैयामा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार ४०० ले घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलाको ९४ हजार रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९३ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ ।
त्यस्तै यस दिन चाँदीको मूल्य पनि घटेको छ। सुक्रबार चाँदीको मूल्य अघिल्लो दिन को तुलनामा ५ रुपैयाले घटेर प्रतितोला १२ सय १० रुपैयाँ कायम भएको छ ।