काठमाडौं । साताको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक २६ दशमलव ३२ अंकले बढेर १७७८.१२ को बिन्दुमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.४७ प्रतिशत अर्थात ४.९८ अंकले बढेको छ ।
आज कारोबार आएका १९८ कम्पनीको १ करोड ४० लाख ६२ हजार ५ सय ७ कित्ता शेयर खरिद बिक्रीबाट यो रकम बराबरको कारोबार भएको हो ।
पहिलो पटक ६ अर्ब बढीको कारोबार भएको छ । आज बिहिबार नेप्सेमा ६ अर्ब ११ करोड ६७ लाख ३० हजार ७१ रुपैयाँको कारोबार भएको हो । यो नेपाली सेयर बजारको इतिहासकै सबैभन्दा धेरै हो ।
आज नेपाल पुनर्बिमा कम्पनीको सबैभन्दा धेरै ४१ करोड ८ लाख बराबरको कारोबार भएको छ
आज कारोबारमा आएका समूहगत सूचक बढेका छन् । बैंकिङ २.७१, व्यापार १९८.४, होटल १८१.६३, विकास बैंक २८.९९, जलविद्युत् २१.६३, वित्त १३.७६, निर्जीवन बीमा ३९९.१६, उत्पादन २०४.७३, अन्य ५८.१५, लघुवित्त ४६.३८, जीवन बीमा ३७६.१५ र सामूहिक लगानी कोष ०.०७ अङ्कले उकालो लागेको छ ।
यस्तै कारोवारका आधारमा युनिलिभर नेपाल १०, तारगाँउ रिजेन्सी होटल १०, हिमालयन डिस्टलरी ९।९९ बोलर्स नेपाल तराई ९.९९, विशाल बजार कम्पनी ९.९८, साल्ट टे«डिङ कर्पोरेशन ९.९४, नेको इन्स्योरेन्स ९.९४, नेशनल लाइफ इन्स्योरेन्सका लगानीकर्ताले ९.९४ प्रतिशतले कमाए ।
त्यसैगरी प्रभु बैंकको ऋणपत्र २.२९, सनराइज म्युचअल फण्ड २.१८, एसबीएल ऋणपत्र १.९८, रैराङ हाइड्रोपावर १.९२, ग्लोबल आइएमई ऋणपत्रका लगानीकर्ताले १.९२ प्रतिशतले गुमाए ।