काठमाडौं । नेपाली बजारमा सुनको भाउ आज (शुक्रबार ) बढेको छ । बुधबार सुनको मूल्य तोलामा ९८ हजार ९ सय रुपैयाँमा कारोबार भएकोमा बिहिबार तोलामा दुई सयले घटेर छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ७ सय रुपैयाँ कायम भएको थियो।
शुक्रबार भने छापावाल सुनको मूल्य प्रति तोला ५ सय ले बढेर ९५ हजार २ सय रुपैया पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघकाअनुसार आज तेजावी सुनको मूल्य ९४ हजार ७०० रुपैयाँ रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार २२० रुपैयाँ रहेको महासंघले जनाएको छ ।