Logo

आइतवार, आश्विन २५ गते २०८३

images

नेप्से दोहोरो अंकले बढ्यो, ४ अर्बभन्दा बढीको कारोबार

नेप्से दोहोरो अंकले बढ्यो, ४ अर्बभन्दा बढीको कारोबार

दैनिकी न्यूज

२६, कार्तिक २०७७
नेप्से दोहोरो अंकले बढ्यो, ४ अर्बभन्दा बढीको कारोबार
images

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेको छ । यसदिन कारोबार शुरु भएदेखि नै उकालो लागेको नेप्से २८ दशमलव ८९ अंकले बढेर १ हजार ७ सय ७ दशमलव ६७ विन्दुमा पुगेको छ ।

नेप्सेका अनुसार ४ अर्ब ९ करोड ९६ लाख ४ हजार ७४२ को कारोबार भएको छ ।

यस दिन नेपाल दुरसञ्चार कम्पनीको सबैभन्दा धेरै २५ करोड ९० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । यस्तै हिमालयन डिस्टिलरीको १८ करोड ८६ लाख, एनआइसी एशिया बैंकको १६ करोड ६५ लाख नागरिक लगानी कोषको १५ करोड ४५ लाख र नेपाल लाइफको १५ करोड १५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

आज कारोबार भएका समूहमध्ये फाइनान्सबाहेक अन्य सबै समूहमा हरियाली छाएको छ ।

बुधबार कारोबारमा आएका ६ वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यस दिन साल्ट ट्रेडिङ कम्पनीको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने लक्ष्मी इक्युटी फण्डको इकाई मूल्य पनि ९.९९ प्रतिशतले बढेको छ ।

यस्तै नागरिक लगानीको कोष र विशाल बजारको शेयरमूलय ९.९८ प्रतिशतले एनआईसी ग्रोथ फण्डको इकाई मूल्य ९.९० र सानिमा जनरल इन्स्योरेन्सको ९.९९ प्रतिशतले बढेको छ ।

आइसीएफसी फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै ४.७८ प्रतिशतले घटेको छ । यस्तै सेन्ट्रल फाइनान्सको २.८९ प्रतिशत, निर्धन उत्थानको २.८२ प्रतिशत, माउन्टेन हाइड्रो र सप्तकोशि डेभलपमेन्ट बैंकको शेयरमूल्य २.४० प्रतिशतले घटेको छ ।

images
प्रकाशित मिति :कार्तिक २६, २०७७ बुधवार - १५:१८:५२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology