Logo

आइतवार, आश्विन २५ गते २०८३

images

सूर्या लाइफ इन्स्योरेन्सले लाभांश प्रस्ताव गर्यो

सूर्या लाइफ इन्स्योरेन्सले लाभांश प्रस्ताव गर्यो

दैनिकी न्यूज

२६, कार्तिक २०७७
सूर्या लाइफ इन्स्योरेन्सले लाभांश प्रस्ताव गर्यो
images

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७५–७६ का लागि लाभांश प्रस्ताव गरेको छ।

मंगलबार कम्पनी सञ्चालक समितिको बैठकले चुक्तापुँजी २ अर्ब १५ करोड ५१ लाख ३७ हजार ६०० रुपैयाँको कुल १०.५२६ प्रतिशतले हुन आउने २२ करोड ६८ लाख ५६ हजार ६११ रुपैयाँबराबरको लाभांश प्रस्ताव गरेको छ।

प्रस्तावित लाभांशमा ५ प्रतिशतले हुन आउने १० करोड ७७ लाख ५६ हजार ९०० रुपैयाँ बराबरको बोनस सेयर र ५ दशमलव ५२६ प्रतिशतले हुन आउने ११ करोड ९० लाख ९९ हजार ७११ रुपैयाँबराबरको नगद लाभांश रहेका छन्।

प्रस्तावित लाभांश बीमा समितिको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ। धितो

images
प्रकाशित मिति :कार्तिक २६, २०७७ बुधवार - १३:३२:५२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology