Logo

आइतवार, आश्विन २५ गते २०८३

images

आज १७ अर्बको ट्रेजरी बिल बिक्री हुँदै

आज १७ अर्बको ट्रेजरी बिल बिक्री हुँदै

दैनिकी न्यूज

२४, कार्तिक २०७७
आज १७ अर्बको ट्रेजरी बिल बिक्री हुँदै
images

काठमाडौं । नेपाल राष्ट्र बैंकले (आज) सोमबार १७ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकको सूचनाअनुसार उक्त परिमाणको ट्रेजरी बिल बोलकबोल प्रक्रियाबाट बिक्री गर्न लागिएको हो ।

बैंकका अनुसार सबै परिमाणको ट्रेजरी बिल नवीकरण गर्न लागिएको हो । त्यसमध्ये पाँच अर्ब बराबरको ट्रेजरी बिल भने २८ दिनका लागि बिक्री गरिनेछ । उक्त बिल आगामी मंसिर २३ गते परिपक्व हुनेछ । यस्तै १० करोड बराबरको ट्रेजरी बिल ९१ दिनका लागि बिक्री गरिदैछ ।

उक्त बिल आगामी माघ २७ गते परिपक्व हुनेछ । त्यस्तै १२ अर्ब बराबरको ट्रेजरी बिल भने १८२ दिनका लागि बिक्री गर्न लागिएको हो । उक्त ट्रेजरी बिल भने २०७८ साल वैशाख २८ गते परिपक्व हुनेछ । बैंकले यही कात्तिक १७ गते एक अर्ब ६६ करोड बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

images
प्रकाशित मिति :कार्तिक २४, २०७७ सोमवार - ०७:४६:५६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology