Logo

आइतवार, आश्विन २५ गते २०८३

images

नेप्से सामान्य अंकले घट्यो, २ अर्ब ८४ करोड बढीको कारोबार

नेप्से सामान्य अंकले घट्यो, २ अर्ब ८४ करोड बढीको कारोबार

दैनिकी न्यूज

२०, कार्तिक २०७७
नेप्से सामान्य अंकले घट्यो, २ अर्ब ८४ करोड बढीको कारोबार
images

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेको छ । आज नेप्से ४.४७ अंकले घटेर १ हजार ६ सय ३६ दशमलव १७ विन्दुमा कायम भएको छ ।

यस दिन २०० वटा कम्पनीको ९१ लाख २३ हजार ८ सय ९६ कित्ता शेयर खरिदबिक्री हुँदा २ अर्ब ८४ करोड २४ लाख ६९ हजार एक सय ७७ रुपैयाँको कारोबार भएको छ ।

स्टकका अनुसार बुधबार कारोबार भएका कूल १२ उपसमूहमध्ये ४ वटा उपसमूहको शेयर बढेको छ भने बाँकी ८ वटा उपसमूहको शेयर घटेको छ।

त्यसैगरी, बिहीबार ४ कम्पनीहरुको शेयर सकारात्मक सर्किट लागेर कारोबार भएको छ । सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड, रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, गोर्खाज फाइनान्स लिमिटेड र सिन्धु विकास बैंक लिमिटेडको शेयर मूल्य १० प्रतिशतको हाराहारीमा बढेको छ । 

images
प्रकाशित मिति :कार्तिक २०, २०७७ बिहिवार - १५:१८:०१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology