काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
बैंक सञ्चालक समितिको हिजो बुधबार साँझ बसेको बैठकले हाल कायम चुक्तापुँजी ८ अर्ब ४७ करोड २ लाख ६ हजार ८३६ रुपैयाँको ५ प्रतिशतले हुन आउने ४२ करोड ३५ लाख १० हजार ३४१.८ रुपैयाँबराबरको बोनस सेयर जारी गर्ने प्रस्ताव गरेको छ। त्यस्तै बैठकले बोनस सेयरमा लागि करसहित ५.५३ प्रतिशतले हुन आउने ४६ करोड ८४ लाख २ हजार ४३८.०३ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
कात्तिक १९ गते बसेको बैंकको सञ्चालक समितिको ३२२ औँ बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।
हाल बैंकको चुक्ता पूँजी ८ अर्ब ४७ करोड २ लाख ६ हजार ८३६ रुपैयाँ रहेको छ।