Logo

आइतवार, आश्विन २५ गते २०८३

images

नेप्से ५.४० अंकले बढ्यो, यी कम्पनीका लगानीकर्ताहरु भए मालामाल

नेप्से ५.४० अंकले बढ्यो, यी कम्पनीका लगानीकर्ताहरु भए मालामाल

दैनिकी न्यूज

१८, कार्तिक २०७७
नेप्से ५.४० अंकले बढ्यो, यी कम्पनीका लगानीकर्ताहरु भए मालामाल
images

काठमाडौँ । मंगलबार शेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार मंगलबार शेयर परिसूचक ५.४० अंकले बढेर १ हजार ६४३.०४ विन्दुमा पुगेको कारोबार बन्द भएको छ । यस्तै सेन्सेटिभ परिसूचक पनि १.१४ अंकले बढेर ३२६.६० मा पुगेको छ । यस कूल १९८ वटा कम्पनीको ७७ लाख ५७ हजार ३ सय ५३ कित्ता शेयर खरिदबिक्री हुँदा २ अर्ब २३ करोड ७९ लाख ६४ हजार ५ सय ७२ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज १० वटा उपसमूहको शेयर बढेको छ भने बाँकी २ वटा उपसमूहको शेयर मात्र घटेको छ ।

यस दिन टेलिकमको प्रतिकित्ता ७५१ मा १० करोड ३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, एनआईसी एसिया बैंकको प्रतिकित्ता ८ करोड ३४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । त्यस्तै, प्राइम कमर्सियल बैंकको ८ करोड ४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

त्यसैगरी, मंगलबार ४ कम्पनीहरुको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । विशाल बजार कम्पनी लिमिटेड, समीट लघुवित्त वित्तीय संस्था लिमिटेड, पाँचथर पावर कम्पनी लिमिटेड र शिवश्री हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

सेयर बजार बढेपनि केही कम्पनीले भने घाटा ब्यहोरेका छन् । खासगरी महालक्ष्मी विकास बैंक, दिब्यश्वरी हाइड्रोपावर लिमिटेड र युनियन हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले गुमाएका छन् । 

images
प्रकाशित मिति :कार्तिक १८, २०७७ मंगलवार - १५:३०:०० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology