Logo

आइतवार, आश्विन २५ गते २०८३

images

नेप्से ४.७२ अंकले घट्यो, यी कम्पनीका लगानीकर्ताहरु भए मालामाल

नेप्से ४.७२ अंकले घट्यो, यी कम्पनीका लगानीकर्ताहरु भए मालामाल

दैनिकी न्यूज

१६, कार्तिक २०७७
नेप्से ४.७२ अंकले घट्यो, यी कम्पनीका लगानीकर्ताहरु भए मालामाल
images

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा साताको पहिलो दिन आइतबार घटेको छ । आज नेप्से ४.७२ अंकले घटेर १ हजार ६ सय ४० दशमलव ९५ विन्दुमा कायम भएको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.४१ अंकले ओरालो लाग्दै ३२६.६३ को विन्दुमा खुम्चिएको छ।

आज नेप्सेमा सूचीकृतमध्ये १९६ कम्पनीका १ करोड ६ लाख २६ हजार ५१४ कित्ता सेयर २ अर्ब ९३ करोड ९ लाख ३९ हजार ६ रुपैयाँमा कारोबार भएका छन्।

आज कारोबार भएका समूहमध्ये ५ वटा समुह बाहेक अन्य सबैमा राताम्मे छाएको छ । व्यापार समूह २४.३७ अंक, जलविद्युत् समूह १९.३१ अंक, निर्जीवन बीमा समूह १०.४५ अंक र अन्य समूह ५।३६ अंकले बढेका छन्। उता होटेल्स समूहमा १५.२९ अंक, उत्पादन तथा प्रशोधन समूह १५.२१ अंक, बैंकिङ समूह १४.५५ अंक, विकास बैंक समूह ६.९८ अंक, वित्त समूह २.१८ अंक, जीवन बीमा समूह ७.४५ अंक र म्युचुअल फन्ड समूह ०.०१ अंकले घटेका छन्।

यस दिन शिवश्री हाइड्रोपावरले सर्वाधिक २३ करोड २७ लाख रुपैयाँ बढीको कारोबार गरेको छ। अपी पावरले १६ करोड ८७ लाख , प्राइम कमर्सियल बैंकको १५ करोड ६८ लाख रुपैयाँ, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्टको १२ करोड २४ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको १० करोड ७७ लाख रुपैयाँ, सानिमा बैंकको १० करोड रुपैयाँ, नेपाल बैंकको ९ करोड ३ लाख रुपैयाँ, ग्लोबल आईएमई बैंकको ९ करोड ३ लाख रुपैयाँ, प्रभु बैंकको ८ करोड ४७ लाख रुपैयाँ र शिखर इन्स्योरेन्सको ७ करोड ४१ लाख रुपैयाँबराबरको कारोबार भएको छ।

यो दिन ६ वटा कम्पनीका सेयरधनीहरु मालामाल भएका छन्। आज विशाल बजार कम्पनी, हिमालयन ऊर्जा विकास कम्पनी र नेपाल फाइनान्सको सेयरमूल्यमा १० प्रतिशत तथा शिवश्री हाइड्रोपावर, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट र नेरुडे लघुवित्तको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट नै लागेको छ।

उता सानिमा इक्विटी फन्डका इकाइधनीहरुले धेरै गुमाएका छन्। यो फन्डको इकाइमूल्यमा ५ प्रतिशत बढीको गिरावट आएको छ।

images
प्रकाशित मिति :कार्तिक १६, २०७७ आइतवार - १५:४४:२० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology