Logo

आइतवार, आश्विन २५ गते २०८३

images

तयार रहनुहोस्, अपि पावरले कात्तिक १४ गतेदेखि हकप्रद निष्काशन गर्दै

तयार रहनुहोस्, अपि पावरले कात्तिक १४ गतेदेखि हकप्रद निष्काशन गर्दै

दैनिकी न्यूज

१२, कार्तिक २०७७
तयार रहनुहोस्, अपि पावरले कात्तिक १४ गतेदेखि हकप्रद निष्काशन गर्दै
images

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले कात्तिक १४ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने भएको छ।

कम्पनीले १ः०.४७६१९०४७६१९ को अनुपातमा अर्थात् ४७.६१९ प्रतिशतले हुन आउने ५६ लाख ७० हजार कित्ता शेयर निष्काशन गर्ने छ ।

हकप्रदमा मङ्सिर ४ गतेसम्म आवेदन दिन सकिने छ । हकप्रद निष्काशनको लागि सिद्धार्थ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

हकप्रद निष्काशनका लागि कम्पनीले २०७६ चैत १ गते बुकक्लोज गरेको थियो। यसअनुसार फागुन ३० गतेसम्म कायम यस कम्पनीका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन्।

हकप्रदमा सिद्धार्थ क्यापिटल, अपि पावर कम्पनी, ट्रेड टावर, थापाथली, सिद्धार्थक बैंक र ग्लोबल आइएमई बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरोशेयर सफ्टवेयर मार्फत मंसिर ४ गतेसम्म आवेदन दिन पाउनेछन्।

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीको हकप्रदलाई इक्राएनपि आईपीओ ग्रेड ४ रेटिङ्ग प्रदान गरेको छ। ग्रेड ४ रेटिङ्गले कम्पनीको वित्तीय आधारभुत अवस्था औषतभन्दा कमजोर रहेको संकेत गर्दछ।

हाल १ अर्ब १९ करोड ७ लाख रुपैयाँ रहेको यस कम्पनीको चुक्ता पूँजी हकप्रद निष्काशनपछि १ अर्ब ७५ करोड ७७ लाख रुपैयाँ पुग्नेछ।

images
प्रकाशित मिति :कार्तिक १२, २०७७ बुधवार - ०७:१२:५६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology