काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ८ दशमलव ५४ अंकले बढेर १ हजार ६०६ दशमलव २५ को विन्दुमा कायम भएको छ । १८७ कम्पनीको १ अर्ब ९९ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । कुल ६४ लाख ५७ हजार ८३३ कित्ता सेयर कारोबार भएका छन् ।
होटल, हाईड्रोपावर, जीवन बीमा र म्युचुअल फण्ड बाहेक सबै क्षेत्रको उपसूचकमा हरीयाली छाएको छ ।
कुमारी बैंकको १४ करोड १५ लाख रुपैयाँको कारोबार भएको छ । एनआईसी एशिया बैंकको ९ करोड ८५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।जनरल इन्स्योरेन्सका लगानीकर्ताले आज ९ दशमलव ८९ प्रतिशतका दरले कमाएका छन् । त्यस्तै, नेपाल फाइनान्सका लगानीकर्ताले ९ दशमलव ८६ प्रतिशतका दरले कमाएका छन् ।
माउन्टेन हाईड्रोका लगानीकर्ता लगानीकर्ताले ३ दशमलव ६१ प्रतिशतका दरले गुमाएका छन् भने रैराङ हाईड्रोपावर डेभलपमेन्टका लगानीकर्ताले ३ प्रतिशतका दरले गुमाएका छन् ।