काठमाडौं । एनआईसी एशिया बैंकले लाभांश घोषणा गरेको छ । बैंकको आज मंगलबार बसेको संचालक समितिको बैठकले आर्थिक बर्ष ७६र७७ बाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
जस अनुसार बैंकले १९ प्रतिशत बोनश शेयर र १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक तथा बैंकको आगामी २३ औं वार्षिक साधारण सभा स्वीकृत गरेपछि शेयरधनीमा वितरण गरिनेछ ।