काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले यो वर्ष २४ दशमलव २१ प्रतिशत नगद लाभांश दिने भएको छ ।
कम्पनीको असोज २८ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६–७७ को लागि उक्त लाभांश दिने निर्णय गरेको हो ।
यो लाभांश शेयरधनीहरुले कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात प्राप्त गर्न सक्नेछन् । गत वर्ष कम्पनीले १५.७८९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।