काठमाडौँ। सोमबार जनरल इन्स्योरेन्सको आईपीओ नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ। जनरल इन्सुरेन्स कम्पनी लिमिटेडको १ करोड कित्ता सेयर नेप्सेमा सूचीकरण भएको हो । नेप्सेमा सोमबार सूचीकरण भए संगै यसको सेयर कारोबार मंगलबारबाट खुला हुनेछ ।
नेप्सेमा सूचीकृत १ करोड सेयरमध्ये ३० लाख कित्ता हालै बिक्री गरेको आइपीओ पनि समावेश रहेको छ । जनरल इन्सुरेन्सले असोज ११ गतेबाट १४ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा आइपीओ जारी गरेको थियो ।
जनरल इन्सुरेन्सको आइपीओमा २ लाख ७३ हजार जना सर्वसाधारणलाइ १० कित्ताका दरले सेयर परेको थिए ।
