काठमाडौँ। सोमबार सुनको मूल्य स्थिर रहेको छ। सोमबार छापावाल सुन आइतबारकै मूल्य अर्थात् प्रतितोला ९५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तेजाबी सुन प्रतितोला ९५ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ।
सोमबार चाँदीमा भने तोलामा १० रुपैयाँले वृद्धि भएकाे छ। सोमबार चाँदी प्रतितोला एक हजार २४५ रुपैयाँमा किनबेच भइरहेको छ। आइतबार चाँदी प्रतितोला एक हजार २३५ रुपैयाँमा काराेबार भएकाे थियो ।