Logo

आइतवार, आश्विन २५ गते २०८३

images

विदेशी मदिरा आयातमा लगाएको प्रतिबन्ध हट्यो

विदेशी मदिरा आयातमा लगाएको प्रतिबन्ध हट्यो

दैनिकी न्यूज

२५, आश्विन २०७७
विदेशी मदिरा आयातमा लगाएको प्रतिबन्ध हट्यो
images

काठमाडौं । सरकारले विदेशी मदिरा आयातमा लगाएको प्रतिबन्ध हटाएको छ । व्यापार घाटा कम गर्न भन्दै चैत १६ गते लगाइएको बन्देज खुलाउने सरकारले निर्णय गरेको हो । विदेशी तयारी मदिरा पूर्ण रुपमा रोक लगाएकोमा उद्योग वाणिजय तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा मन्त्रीपरिषद्ले खुल्ला गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार चैत १६ गते बन्देज गरिएको मदिरा आयातको निर्णय २४ गते राजपत्रमा प्रकाशित भएको थियो । प्रतिबन्ध फुकुवा गर्ने निर्णयसँगै त्यसलाई अर्को राजपत्रमा प्रकाशित गर्न मन्त्रीपरिषद्लले निर्णय गर्ने प्रवक्ता ज्ञवालीले बताए । त्यस्तै गरि ५० हजार अमेरिकन डलर भन्दा बढी मूल्यका गाडी बन्देज गराएकोमा त्यसलाई पनि खुला गरिएको छ । अब कुटनीतिक नियोगलगायतका व्यक्तिहरूले त्यस्ता गाडी प्रयोग गर्न पाउनेछन ।

images
प्रकाशित मिति :आश्विन २५, २०७७ आइतवार - १७:५८:२४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology