Logo

आइतवार, आश्विन २५ गते २०८३

images

आरएसडिसी लघुवित्तद्वारा लाभांश प्रस्ताव, कति दिने भयो बोनस र नगद ?

आरएसडिसी लघुवित्तद्वारा लाभांश प्रस्ताव, कति दिने भयो बोनस र नगद ?

दैनिकी न्यूज

२५, आश्विन २०७७
आरएसडिसी लघुवित्तद्वारा लाभांश प्रस्ताव, कति दिने भयो बोनस र नगद ?
images

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमीटेडले आफ्ना सेयरधनीका लागि लाभांश प्रस्ताव गरेको छ ।

यो कम्पनीको असोज २४ गते बसेको संचालक समितिको १०३ औं बैठकले गत आर्थिक वर्षका लागि ९ प्रतिशत बोनस सेयर र बोनस सेयरको कर प्रयोजनका लागि समेत गरी नगद लाभांश ३.६३ प्रतिशत वितरणको निर्णय गरेको हो ।

हाल यो कम्पनीको चुक्तापूँजी ६७ करोड १५ लाख २२ हजार ७२० रुपैयाँ रहेको छ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि लगानीकर्ताको खातामा जम्मा हुनेछ ।

बोनस सेयर वितरणपछि कम्पनीको चुक्तापूँजी बढेर ७० करोड हाराहारी पुग्नेछ ।

images
प्रकाशित मिति :आश्विन २५, २०७७ आइतवार - ११:३६:४० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology