Logo

आइतवार, आश्विन २५ गते २०८३

images

यसवर्ष नयाँ नोट वितरण नहुने !

यसवर्ष नयाँ नोट वितरण नहुने !

दैनिकी न्यूज

२५, आश्विन २०७७
यसवर्ष नयाँ नोट वितरण नहुने !
images

काठमाडौं । नेपाल राष्ट्र बैंकले यस वर्षको दसैंमा नयाँ नोट वितरण नगर्ने भएको छ। कोरोना भाइरस संक्रमणको जोखिम उच्च भएकाले भिडभाड गरेर नयाँ नोट वितरण गर्ने अवस्था नरहेको राष्ट्र बैंकले जनाएको छ। केही दिनमै सूचना जारी गरेर नयाँ नोट वितरण नगर्नेबारे जानकारी गराइँने राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकले हरेक वर्ष दसैंको अवसरमा नयाँ नोट वितरण गर्दै आएको थियो। नयाँ नोट वितरणका लागि खाता रहेको बैंकमै सम्पर्क गर्न आग्रह गरेको थियो । पाँच रुपैयाँ देखि सय रुपैयाँसम्मको नयाँ नोट दसैंकै लागि वितरण हुने गरेको थियो ।

images
प्रकाशित मिति :आश्विन २५, २०७७ आइतवार - ०७:३५:०९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology