काठमाडौँ। सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । यस दिन छापावाला सुन आइतबारकै कारोबार मूल्य अर्थात् प्रतितोला ९३ हजार ३०० रुपैयाँ कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस दिन तेजाबी सुन पनि प्रतितोला ९२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन आइतबार भने सुन तोलामा ६०० रुपैयाँले घटेको थियो ।
त्यस्तै सोमबार चाँदीको मूल्य पनि स्थिर रहेको छ। आइतबार चाँदी तोलामा १० रुपैयाँले घटेर एक हजार १५० रुपैयाँमा खरिदबिक्री भएको थियो ।