काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्स) मा दुई कम्पनीको ३९ लाख ७७ हजार ४३७.५० कित्ता शेयर सूचिकृत भएको छ ।
नेप्सेका अनुसार एनएलजी इन्स्योरेन्स कम्पनीको ३८ लाख ४२ हजार ४३७.५० कित्ता हकप्रद शेयर र छयाङदी हाइड्रोपावर लिमिटेडको १ लाख ३५ हजार कित्ता बोनस शेयर सूचिकृत भएको हो ।
नेप्सेमा शेयर सूचिकृत भएसँगै लगानीकर्ताहरुको डिम्याट खातामा आएपछि लगानीकर्ताहरुले कारोबार गर्न सक्नेछन् ।