Logo

शनिवार, आश्विन २४ गते २०८३

images

समृद्धि फाइनान्सको हकप्रद शेयर असोज १६ गतेदेखि निष्काशन

समृद्धि फाइनान्सको हकप्रद शेयर असोज १६ गतेदेखि निष्काशन

दैनिकी न्यूज

६, आश्विन २०७७
समृद्धि फाइनान्सको हकप्रद शेयर असोज १६ गतेदेखि निष्काशन
images

काठमाडौंं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले असोज १६ गतेदेखि चुक्ता पूँजीको २०० प्रतिशत हकप्रद शेयर निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ।

फाइनान्सले एक सय रुपैयाँ अंकित दरका ३६ करोड ३९ लाख ६० हजार ६०० रुपैयाँ बराबरको ३६ लाख ३९ हजार ६०६ कित्ता हकप्रद जारी गर्नेछ।

हकप्रद निष्काशनका लागि फाइनान्सले भदौ १२ गते बुकक्लोज गरेको थियो। यसअनुसार भदौ ११ गते बिहीबारसम्म कायम यस फाइनान्सका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन्।

फाइनान्सको हकप्रद शेयरको बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ।

हकप्रदमा बिओके क्यापिटल, समृद्धि फाइनान्सको केन्द्रीय कार्यालय, हेटौँडा र पुतलीसडक तथा बुटवल शाखा कार्यालय, बैंक अफ काठमाण्डूका विराटनगर, पोखरा, नेपालगंज, विरगंज, नारायणघाट, बिर्तामोड, धनगढी, जनकपुर र सुर्खेत शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरोशेयर सफ्टवेयर मार्फत कात्तिक ६ गतेसम्म आवेदन दिन पाउनेछन्।

हाल १८ करोड १९ लाख ८० हजार ३०० रुपैयाँ रहेको फाइनान्सको चुक्ता पूँजी हकप्रद निष्काशनपछि ५४ करोड ५९ लाख ४० हजार ९०० रुपैयाँ पुग्नेछ।

images
प्रकाशित मिति :आश्विन ६, २०७७ मंगलवार - १०:०९:५९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology