Logo

शनिवार, आश्विन २४ गते २०८३

images

विजनेश क्लिनिक सुरु गर्दै गाेदावरी उद्योग बाणिज्य संघ

विजनेश क्लिनिक सुरु गर्दै गाेदावरी उद्योग बाणिज्य संघ

दैनिकी न्यूज

२, आश्विन २०७७
विजनेश क्लिनिक सुरु गर्दै गाेदावरी उद्योग बाणिज्य संघ
images
 
ललितपुर। नेपाल मै पहिलोपटक 'विजनेश क्लिनिक' सुरु हुने भएको छ । गाेदावरी नगर उद्योग बाणिज्य संघले ललितपुरकाे गाेदावरी नगरपालिका वडा नं. ११ चापागाउँमा 'विजनेश क्लिनिक' सुरु गर्न लागेकाे हाे । व्यवसायीहरुलाई आइपर्ने समस्या समाधानका लागि नगर उद्योग वाणिाज्य संघले यस्तो व्यवस्था गर्न लागेकाे गाेदावरी नगर उद्योग बाणिज्य संघका अध्यक्ष जगन्नाथ महर्जनले वताए । महर्जनले भने,'नगर उद्योग बाणिज्य संघ व्यवसायीहरुकाे संस्था हाे, व्यवसायीहरुकाे सफलताको लागि व्यवसाय स्वस्थ हुनुपर्छ, त्यसका लागि नै हामीले 'विजनेश क्लिनिक' सुरु,गर्न लागेका हाैं।
 
गाेदावरी नगर उद्योग वाणिज्य संघले सुरु गर्ने 'विजनेश क्लिनिक' मा व्यवसायकाे उपचारका लागि कन्सल्टेन्ट डक्टरकाे रुपमा कानून व्यवसायी, चारटर्ड एकाउन्टेन्ट, मार्केटिङ एक्सपर्ट लगायतका व्यक्तिहरु रहनेछन् । व्यवसायीले आफ्नो व्यवसायकाे आवश्यकता अनुसार कानुनी र लेखा सम्बन्धी उपचार उपभाेग गर्न सक्नेछन् । हरेक व्यवसायीले व्यवसाय सञ्चालनका क्रममा फरकफरक कामका लागि फरकफरक विषय विज्ञ खाेज्दै हिड्नु पर्ने झञ्जटबाट मुक्त हुनका लागि याे 'विजनेश क्लिनिक' उपयुक्त हुने अध्यक्ष महर्जनले वताए । भाेली असाेज ३ गते संविधान दिवसकाे अवसर पारेर गाेदावरी नगर उद्योग वाणिज्य संघले 'विजनेश क्लिनिक' सुरु गर्ने तयारी गरिरहेकाे छ । गाेदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले 'विजनेश क्लिनिक' काे शुभारम्भ गर्नेछन् ।

images
प्रकाशित मिति :आश्विन २, २०७७ शुक्रवार - ११:१९:४५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology