Logo

शनिवार, आश्विन २४ गते २०८३

images

बजारमा हरियाली छायो, हाइड्रो र होटलका शेयर लगानीकर्ताको रोजाईमा

बजारमा हरियाली छायो, हाइड्रो र होटलका शेयर लगानीकर्ताको रोजाईमा

दैनिकी न्यूज

३१, भाद्र २०७७
बजारमा हरियाली छायो, हाइड्रो र होटलका शेयर लगानीकर्ताको रोजाईमा
images

काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक आज मंगलबार सामान्य अंकले बढेको छ । आज कारोबार रकमसमेत पौने २ अर्ब रुपैयाँ भन्दा बढीको भएको छ ।

बुधबार नेप्से परिसूचक ५.३६ अंकले वृद्धि भएर १ हजार ५४१.४० अंकमा आएर आजको कारोबार बन्द भएको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.८३ अंकको बढेर ३०५.४८ विन्दुमा आएर आजको कारोबार बन्द भएको छ । आज नेप्सेमा सूचीकृत १९४ कम्पनीका ६३ लाख ९० हजार ८३ कित्ता सेयर १ अर्ब ८४ करोड ५६ लाख ३४ हजार ३० रुपैयाँ बराबरको कारोबार भयो ।

आज नेप्से उपसमूहमा रहेका १२ वटा समूहमध्ये बैंकिङ समूह बाहेक सबै समूहमा हरियाली छाएको छ । यो दिन व्यापार समूह २०.९३ अंक, होटल्स समूह १४२.८१ अंक, विकास बैंक समूह २.०८ अंक, जलविद्युत समूह ५४.०९ अंक, वित्त समूह १.१३ अंक, निर्जिवन विमा समूह ४२.३७ अंक, उत्पादन समूह २.८२ अंक, अन्य समूह १.४८ अंक, लघुवित्त समूह ४.८७ अंक, जीवन विमा समुह ७२.१४ अंक र म्युचल फण्ड समूह ०.०६ अंकले बढेका छन् । उता बैकिङ समूह ४.५८ अंकले गिरावट आएको छ ।

यो दिन नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी ९ करोड ६१ लाख ९६ हजार २४६ रुपैयाँ बराबरको कारोबार भयो । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ६ करोड ४६ लाख ७७ हजार १४२ रुपैयाँ, नागरिक लगानीकोषको ५ करोड ६२ लाख ८७ हजार ९५० रुपैयाँ, सूर्य लाइफ इस्योरेन्स कम्पनीको ५ करोड ५३ लाख ४१ हजार ९३७ बराबरको कारोबार भयो ।

आज घलेम्दी हाइड्रो, बरुण हाइड्रोपावर कम्पनी, सिनर्जि पावर डेभलपमेन्टको शेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै एनआरएन लघुवित्तको ९.९६ प्रतिशत, रिलायन्स लाइफ इन्स्योरेन्सको ९.८९ प्रतिशत, युनाइटेड मोदी हाइड्रोपावरको ९.८४ प्रतिशत, छयाङदी हाइड्रोपावरको ९.८२ प्रतिशत, सोल्टी होटलको ९.७६ प्रतिशत, ङादी ग्रुपकोे ९.७२ प्रतिशत, रैराङ हाइड्रोपावरको ९.६८ प्रतिशतले बढ्यो ।

यो दिन एनआईसी एशिया व्यालेन्स फण्डको सेयरमूल्यमा ३.८७ प्रतिशतको गिरावट आएको छ । त्यस्तै लक्ष्मी इक्वुटि फण्डको ३.७१ प्रतिशत, राष्ट्रिय विमा संस्थानको प्रमोटर शेयर २.९३ प्रतिशतले गिरावट आयो ।

सेयर बजारमा औसत कारोबार हुँदा लगानीकर्ताको आकर्षण हाइड्रोपावर र होटेल समूहमा देखिएको छ । शेयर बजारबाट छोटो समयमै नाफा कमाएका लगानीकर्ताले नाफा बुक गर्नेक्रममा पोर्टफोलियो बदल्दा यसको सकारात्मक प्रभाव जलविद्युतमा परेको छ । अन्य समूहबाट गरेको नाफा जलविद्युतका सस्ता शेयर खरीदमा लगानी गरेको देखिन्छ । त्यस्तै लकडाउन खुकुलो भएपश्चात होटलहरुको व्यापारमा सुधार आउने अपेक्षाले होटलका शेयरमा समेत लगानी बढ्दा मूल्य बढ्न गएको हो।

बैंकिङ प्रणालीमा अधिक तरलताको सकारात्मक प्रभाव सेयर बजारमा परिरहेको छ । अल्पकालीन कारोबारीले नाफा बुक गरिरहँदा पनि नेप्सेको माथिल्लो यात्रा रोकिएको छैन ।

कोरोनाका कारण जारी लक डाउनबाट सूचीकृत कम्पनीहरुको नाफा प्रभावित हुन सक्ने त्रासबाहेक अरु सबै हिसाबले बजारका लागि यतिबेला सकारात्मक अवस्था छ ।

images
प्रकाशित मिति :भाद्र ३१, २०७७ बुधवार - १५:२५:०५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology