Logo

शनिवार, आश्विन २४ गते २०८३

images

मन्त्रीसरह सुविधा दिएर डा.युवराज खतिवडा बालुवाटारमै

मन्त्रीसरह सुविधा दिएर डा.युवराज खतिवडा बालुवाटारमै

दैनिकी न्यूज

३०, भाद्र २०७७
मन्त्रीसरह सुविधा दिएर डा.युवराज खतिवडा बालुवाटारमै
images

काठमाडौं । सरकारले निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडालाई प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेको छ । उनलाई मन्त्रीसरहको सेवा–सुविधा पाउने गरी नियुक्त गरिएको सरकारका नवनियुक्त प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।

प्रधानमन्त्री केपी ओली खतिवडालाई नै अर्थमन्त्रीमा निरन्तरता दिने पक्षमा थिए । सोहीअनुरूप संघीय संसद्को सदस्यको म्याद सकिएपछि पनि खतिवडाले अर्थमन्त्रीको जिम्मेवारी पाएका थिए । तर, ६ महिनासम्म पनि संघीय संसद्को सदस्य नबनेपछि खतिवडाले राजीनामा दिएका थिए ।

नेकपाले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेपछि खतिवडा बाहिरिएका हुन् । सरकारले गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्न सिफारिस गरिसकेको छ ।

images
प्रकाशित मिति :भाद्र ३०, २०७७ मंगलवार - १९:५८:२१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology