Logo

शनिवार, आश्विन २४ गते २०८३

images

बजारमा हानिकारक स्यानिटाइजर, ५ उद्योग कारबाहीमा, प्रयोग गर्न अपिल

बजारमा हानिकारक स्यानिटाइजर, ५ उद्योग कारबाहीमा, प्रयोग गर्न अपिल

दैनिकी न्यूज

२७, भाद्र २०७७
बजारमा हानिकारक स्यानिटाइजर, ५ उद्योग कारबाहीमा, प्रयोग गर्न अपिल
images

काठमाडौं । औषधि व्यवस्था विभागले मापदण्डविपरीत स्यानिटाइजर उत्पादन गर्ने काठमाडौंका ४ र भक्तपुरको १ गरी ५ वटा उद्योगहरुलाई कारबाही गरेको छ ।
विषाक्त मिथानोल हालेर स्यानिटाइजर उत्पादन गरेपछि ती उद्योगलाई क्षतिपूर्तिसहितको जरिवाना र बन्द गर्न सूचना नै प्रकाशित गरिएको छ ।
हाइजिङ सोप एन्ड केमिकलले उत्पादन गर्ने इन्सेटेन्ट ह्यान्ड सेनिटाइजर ओरिजिनल, आधार केमिकल एन्ड फुड इन्डस्ट्रीले उत्पादन गर्ने एड्भान्स ह्यान्ड स्यानिटाइजर, सर्च केम कम हर्बल प्रोडक्टले उत्पादन गर्ने इन्सटेन्ट ह्यान्ड स्यानिटाइजर रिफ्रेरिसङ जेलु र सूर्यमुखी हर्बल प्रोडक्टको सूर्यमुखी ह्यान्ड स्यानिटाइजर मा विषाक्त मिथानोल रहेको पाइएको विभागले जनाएको छ । मापदण्डविपरीत रहेका ती स्यानिटाइजरहरु प्रयोग नगर्न विभागले सर्वसधारणलाई सूचनामार्फत आग्रह गरेको छ ।

उता भक्तपुरको नेपाल कायाकल्प उद्योगले उत्पादन गर्ने इन्सटेन्ट ह्यान्ड स्यानिटाइजरमा पनि विषाक्त मिथानोल प्रयोग भएको पाइएपछि सो कम्पनीलाई विभागले यसअघि नै बन्द गराइसकेको छ ।
विभागले एक साताअघि उपत्यकामा पाइने विभिन्न ब्रान्डका १० वटा स्यानिटाइजर राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गरेको थियो । परीक्षणका क्रममा विभागले तोकेको इन्सटेन्ट ह्यान्ड स्यानिटाइजर अल्कोहल बेस्ड सम्बन्धी स्तर २०७६ विपरीत मिथानोल प्रयोग भएको पाइएको थियो ।

images
प्रकाशित मिति :भाद्र २७, २०७७ शनिवार - ११:०७:५९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology