काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सुचक दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक १२.४९ अंकले बढेर १ हजार ५२०.६९ को विन्दुमा आएर आजको कारोबार बन्द भएको छ । यो दिन राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स १.७१ अंकले बढेर ३०१.३८ को विन्दुमा आएर कारोबार बन्द भएको छ । यस दिन १८९ कम्पनीको ४२ लाख ६२ हजार ६९८ कित्ता शेयरको किनबेच भई २ अर्ब १७ करोड ६८ हजार २८३ रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन २९ हजार ४३५ वटा कारोबार भएको छ ।
यसदिन कारोबारमा आएका कूल १२ उपसमूहमध्ये व्यापार, होटल र म्युचुअल फण्ड बाहेक अन्य बाँकी सबै समूहका सूचक बढेका छन् ।
सबैभन्दा बढी नेपाल पुनर्बिमा कम्पनीको १७ करोड २१ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । नागरिक लगानी कोष ९ करोड २३ लाखको कारोबार हुँदा नेपाल लाइफ र सूर्यालाइफको पनि उच्च कारोबार भयो ।
राष्ट्रिय बीमा कम्पनी, रिलायन्स लाइफ इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनी संस्थापकको शेयर, एनआरन इन्फ्रास्टक्चर र एनआरएन लघुवित्तको शेयर मूल्य सबैभन्दा दश प्रतिशतका दरले बढेको छ । एनआरन इन्फ्रास्टक्चरको शेयरमा सुरुवाति कारोबारमा नकारात्मक रहेको थियो ।
यसदिन नविल इक्विटी फण्डको इकाई मूल्य सबैभन्दा धेरै ओरोलो लागेको छ । आशा लघुवित्त र साल्ट्र ट्रेडिङको शेयरमूल्य पनि धेरै घटनेमा परेको छ ।